स्वास्थ्य पेज अनलाइन पाँचौं वर्षमा प्रवेश

नेपालगन्ज : मोफसलमा स्वास्थ्य विटमा आधारित मिडियाकोे रुपमा दीर्घायु हाउस प्रालिले सञ्चालन गरेको स्वास्थ्यपेज डटकम पाँचौं वर्षम प्रवेश गरेको छ । अनलाइनले मंगलबार नेपालगन्जमा पाँचौैं वार्षिकोत्सव मनाएको छ ।

स्वास्थ्य पेजका प्रकाशक प्रिया स्मृति ढकालको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रमा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका संस्थापक डा.सुरेशकुमार कनोडिया, भेरी अस्पतालका निमित्त मेसु डा. कीर्तिपाल सुवेदी, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाही, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष शिला शर्मा, औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष जयदेव अवस्थी लगायतले शुभकामना दिएका थिए ।

स्वास्थ्य पेज विशेषांक विमोचन

वार्षिकोत्सवको अवसरमा स्वास्थ्य पेज विशेषांक पनि विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल चिकित्सक संघ भेरी शाखा नेपालगन्जका अध्यक्ष समेत रहेका बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. विनोद थापाले विशेषांकको विमोचन गरे ।