भन्सार छलेको ४ लाखको सामानसहित टीकापुरबाट ६ भारतीय पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरबाट प्रहरीले ४ लाख बढी मूल्यको अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ गरेको छ ।
बुधबार बिहान भारतको तिकुनियाबाट अवैध रुपमा नेपाल भित्र्याएको सामानसहित टीकापुर नगरपालिका–८ बटनपुरबाट भारतको लखिमपुर खिरी तिकुनिया गाउँका ३० वर्षीय गुल्ला सिह, ४५ वर्षीय इब्राहिम खान, २१ वर्षीय सुशील कुमार, २६ वर्षीय अमिल खान, २५ वर्षीय समिर खान र २६ वर्षीय साहिल खानलाई अवैध सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीहरुलाई तीन लाख ९० हजार ८५० मूल्य बराबरको सुर्तीजन्य पदार्थ, जुत्ता, चप्पल, माला, साइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका ब्यक्ति र सामानलाई कारबाहीको लागि सत्ती भन्सार कार्यालय खक्रौला बुझाइएको छ ।