तिरुपति बालाजीको मन्दिर बनाउन जारी श्रीमद्भागवत सप्ताहको बिहीबार अन्तिम दिन

नेपालगन्ज : बाँकेकोे कारकाँदोमा तिरुपति बालाजीकोे मन्दिर निर्माण गर्न बागेश्वरी मन्दिर परिसरमा श्रीमद्भागवत सप्ताह जारी छ ।
तिरुपति बालाजी मन्दिर धाम समितिका उपाध्यक्ष रामचन्द्र तिवारीका अनुसार गत १ कार्तिकमा कलश यात्रा गरी सप्ताह जारी छ । हिन्दू धर्मगुरु श्री श्रीनिवासाचार्य जी माहाराजले कथा वाचन गरिरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा न १८ कारकाँदोमा निर्माणाधीन तिरुपती बालाजी मन्दिर धामको पहिलो तला ढलानको तयारी अवस्थामा आर्थिक अभाव पूर्ति गर्न सप्ताह आयोजना गरिएको हो । अहिले भक्तजनहरुले सप्ताहमा दान दिने क्रम जारी छ । बिहीबार सप्ताहको अन्तिम दिन भएकाले दान दिन छुटेका वा दिन चाहने भक्तजनका लागि अन्तिम मौका भएकोे आयोजक संस्थाले जनाएको छ । बागेश्वरी मन्दिरको पूर्र्व पट्टी न्यूरोडसङ जोडिएको खुला स्थानमा भइरहेको सप्ताह कार्तिक १ गतेदेखि सुरु भएर कार्तिक ८ गते विहीबारसम्म सञ्चालन हुनेछ ।