पाल्पाली मिलन केन्द्रद्वारा पत्रकार गैरेलाई सम्मान
नेपालगन्ज : पाल्पाली मिलन केन्द्र बाँकेले बरिष्ठ पत्रकार झलक गैरेलाई सम्मान गरेको छ ।
पत्रकार गैरेले पत्रकारिता क्षेत्रबाट केन्द्रका गतिविधिको प्रचार प्रसारमा गरेको योगदानको कदर स्वरुप केन्द्रले शनिबार नेपालगन्जमा आयोजना गरेको तेस्रो साधारणसभा तथा चाडपर्व लक्षित शुभकामना आदान प्रदान कार्यक्रममा सम्मान गरेको हो ।
एसइईमा उत्कृष्ट नं. ल्याएर उत्तीर्ण भएका संस्थाको
कार्य समिति सदस्य कपिल नेपाल र लक्ष्मी पन्थीका छोरा प्रसन्न नेपाल, संस्थाको भित्तेपात्रो प्रकाशनमा सहयोग गर्ने उत्कृष्ट विज्ञापनदातामध्ये डा.पुष्पप्रसाद श्रेष्ठ, प्रेमलता श्रेष्ठ, लक्ष्मण पाण्डे र रामप्रसाद पोखरेललाई पनि सम्मान गरिएको थियो । सोही अवसरमा संस्थाका मनोनित सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियोे ।
संस्थाका अध्यक्ष माधवप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा सचिव थानेश्वर पाण्डेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको अनुपस्थितिमा अध्यक्ष पोखरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत् रुपमा पारित भएको थियो । संस्थाका जेष्ठ सदस्य डिलाराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटन शत्रमा नेपालगन्ज उपमहानगरपालिका २ का वडाध्यक्ष मनोजकुमार श्रेष्ठ, संस्थाका सल्लाहकार शेमराज शाक्य, बरिष्ठ सल्लाहकार डा.रमेश श्रेष्ठलगायतले साधारणसभाको सफलताको कामना गरेका थिए । कार्यक्रममा नृत्य प्रस्तुत गरेर मनोरञ्जन पनि प्रदान गरिएको थियो ।