बद्री नारायण शिव मन्दिरमा दोस्रो पटक ११११ दियो बालियो
बालापुर : बाँकेको बालापुरमा रहेको बद्री नारायण शिव मन्दिरमा एक हजार एक सय ११ वटा दियो बालिएको छ ।
डुडुवा गाउँपालिका ५ बालापुरमा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार यादवका अनुसार लक्ष्मीपूजाको दिन बिहीबार साँझ दोस्रो पटक दिप प्रज्ज्वलन गरिएको हो । गत वर्ष पनि लक्ष्मीपूजाकै दिन एक हजार एक सय ११ वटा दियो बालिएको थियो ।
मन्दिरका पूजारी अयोध्या भारतीले पूजा गरेपछि दियो बालिएको थियो । दियो बाल्ने कार्यक्रममा डुडुवा गाउँपालिकाका हिन्दु धर्मालम्वीहरुको सहभागिता रहेको थियो ।