बैकुण्ठधाम आध्यात्मिक महोत्सवको बिहीबार कलश यात्रा

नेपालगन्ज : बाँकेको राप्ती नदीको सिधनियाघाटमा बैकुण्ठधाम निर्माणमा गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवकोे बिहीबार बिहान कलश यात्रा हुँदैछ ।

रामलीला मैदानबाट सुरु भइ भेरी अस्पताल, चारबाहिनी, गणेशमान चोक, विपी चोक धम्बोजी चोक सेतु विक चोक, सदरलाइन त्रिभुवन चोक, नेपालगन्ज उद्योग वाणिज्य संघ, रानी तलाउ हुँदै रामलीला मैदान पुगेर उद्घाटन सत्रमा परिणत हुनेछ ।
नेपालगन्जको रामलिला मैदानमा बिहीबारदेखि ३० कात्तिकसम्म हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मूल समारोह समितिका संयोजक डा. सुरेशकुमार कनोडियाले पत्रकारलाई जानकारी दिए । डुडुवा गाउँपालिका वडा नम्बर ५ मा प्रस्तावित बैकुण्ठधाम सिधनियाघाट सहयोगार्थ आध्यात्मिक महोत्सव हुन लागेको हो ।

महोत्सवका लागि वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेल पनि बिहीबार नेपालगन्ज आइपुगेका छन् । बिहान ११ बजे महोत्सवस्थल रामलीला मैदानबाट विभिन्न जाति, भाषा, धर्म र सम्प्रदायको झाँकीसहितको कलश यात्रा हुनेछ । कलशयात्राको समापनसँगै महोत्सवको उद्घाटन हुनेछ ।