छठ पर्वको रौनक सुरु
रमेशकुमार यादव । बालापुर
तराई मधेशका हिन्दु धर्मालम्वीहरूको महान चाड छठ पर्वको रौनक सुरू भएको छ ।
ऋग्वेदका अनुसार पौराणिक कालमा राजा प्रियव्रत र रानी मालिनी महाऋषी कश्यपका आज्ञानुसार ३६ घण्टा सूर्य उपसनन तथा ब्रत रही महायज्ञ सम्पन्न गरी पूजा प्रसाद रूपमा खीर खाइ पुत्र प्राप्ती गरेका थिए। त्यसैले पुत्र र परिवार स्वास्थ्यमा लाभ र दीर्घायूको कामना गर्दै छठ मनाउने प्रचलन छ । कार्तिक शुक्ल षष्ठी तिथिका दिनमा सूर्य भगवनको आराधन र उपासना गरी छठ पर्व मनाइन्छ ।
नदी वा तलाउ वा जलाशय क्षेत्रमा बसेर बिहीबार अस्ताउँदो सूर्यको पूजा गरी सुरू गरिने छठ शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा सम्पन्न गरिन्छ। अहिले नेपालगन्जको बागेश्वरी मन्दिरलगायत देशभरका जलाशय क्षेत्रमा छठका लागि सजाएर झकिझकाउ पारिएको छ ।