६५ करोडमा पाइप उद्योग सञ्चालन
नेपालगन्ज : बाँकेमा ६५ करोड रुपैयाँ लागतमा स्टार पोलिपाइप उद्योग खुलेको छ । उद्योगका अध्यक्ष कमलकुमार कार्कीका अनुसार कम्पनीले जापान तथा दक्षिण कोरियामा उत्पादित उत्कृष्ट कच्चा पदार्थबाट अनुसार एचडीपीइ, सीपीभीसी, युपीभीसी, बोरवेल तथा गार्डेन पाइप तथा फिटिङको उत्पादन गरिरहेको छ ।
नेपालगन्ज उप–महानगरपालिका–१८ मा रहेको स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको शनिबार संघीय सरकारका उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । उद्घाटन गर्दै मन्त्री भण्डारीले निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
स्टार पोलिपाइपलाई लुम्विनी प्रदेशमा मात्रै नभएर नेपालभर तथा भारतसम्म पनि उत्पादित सामाग्रीको बजारीकरण गर्न सक्ने कम्पनीका बिक्रि प्रमुख दिनेशराज विष्टले जानकारी दिए ।