गोपाल-नीना फाउण्डेशनमा ५१ जनाद्वारा रक्तदान
नेपालगन्ज : जनमत अर्द्धसाप्ताहिक त्रैमासिक रक्तदानको ६३औं श्रृङ्खलामा ५१ जनाले रक्तदान गरेका छन् ।
बाँकेमा रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै ‘रक्तदान गरौं : जीवन उपहार दिउँ’ भन्ने नाराका साथ जनमत पत्रिकाले गोपाल–नीना फाउण्डेशन नेपालगन्जसँग संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
गोपाल–नीना फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र वरिष्ठ चिकित्सक डा. विनोदकुमार थापाले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिकलाई रगत संकलन गर्ने पाकेट हस्तारण गरेर शुभारम्भ गरिएको रक्तदान कार्यक्रममा स्वयम्सेवी नियमित रक्तदाता, स्वास्थ्यकर्मी, चिकित्सक, पत्रकार, औषधि वितरक प्रतिनिधि लगायत ४६ पुरुष र पाँच जना महिलाले रक्तदान गरेको गोपाल–नीना फाउण्डेशनका सह–निर्देशक डा. तृप्तीपाल रमण जानकारी दिए ।
फाउण्डेशनको गणेशमान चोकमास्थित कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ, राप्ती सोनारी गाउँपालिका वडा नं. ६ का अध्यक्ष लवराज खरेल, नेपालगन्ज एकीकृत भन्सार कार्यालयका प्रमुख करुणा चौधरी, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का स्वास्थ्य शाखा प्रमुख भागीराम चौधरी, नेपालगन्ज साइकल क्लबका अध्यक्ष समाजसेवी प्रदीप सापकोटा, अन्नपूर्ण पोष्ट दैनिकका उप-सम्पादक शंकरप्रसाद खनाल, नियमित रक्तदाताहरु निरजमान श्रेष्ठ, खम्बप्रसाद पुन, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, विनोदकुमार वैश्य, साहित्यकार अस्फाक संघर्ष, प्रहलाद विश्वकर्मा, मधु बोगटीले रक्तदान गरेका थिए ।
यस्तै खजुरा क्यान्सर अस्पतालका डा. प्रभात बस्नेत, स्वास्थ्यकर्मीहरु टीकाराम खनाल, धर्मेन्द्र सिंह, दिनेशकुमार वर्मा, निखिल जायसवाल, अनुप आर्य, अनुप सुवेदी, सुवोध जोशी, निगम साहनी, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी उप–शाखाकी उपाध्यक्ष अमृता केसी, रुस्तम अली दर्जी, सविता चौधरी, वीरेन्द्रप्रसाद शाह, जंगलीप्रसाद कोरी (जेवि), नेरेसोका प्राविधिकद्वय होमराज गिरि र सुनिल रत्गैया, रुपैडियाका मेहवूद अहमद, राजेन्द्र डगौरा, मोहम्मद चाँद इद्रीसी, अमरेशकुमार कर्ण, कुशुम दुगड, रोहित चौधरी, प्रकाश चौधरी, टिका गुरुङ, प्रिन्स चौधरी, जानकी–५ का पूर्व वडाध्यक्ष रमेशकुमार वर्मा, धर्मेन्द्रकुमार वर्मा, राजितराम अहिर, गौतमप्रसाद पौडेल, मुद्रण व्यवसायी ज्योतिलाल भण्डारी, रोशन गहतराजले रक्तदान गरेका थिए ।
सो अवसरमा फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले प्राविधिक सहयोग गर्ने प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्ज, समन्वयकारी भूमिका निर्वाह गर्ने हेल्थ याद आयो, नेरेसो प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्ज तथा रक्तदाताहरुलाई प्रशंसा पत्र र टिसर्ट प्रदान गरेका थिए ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, होमराज गिरी, हिमाँशु मौर्या, महेश राना क्षेत्री, अवेश रावत, उब्जना कार्की, केशर सिंह डाँगी, वीरेन्द्र योगीले प्राविधिक सहयोग गरेका थिए । त्यसैगरि फाउण्डेसनका लोकनाथ शर्मा, प्रतिभा पौडेल, पुष्पा भुसाल, युवराज सिंह, सवनम बुढा, करुणा ओली, रोसनी राना मगर, किरण गुरुङ लगायतका स्वयम्सेवीहरुले सक्रिय सहयोग गरेका थिए ।
उक्त कार्यक्रमका लागि विगत १९ वर्षदेखि निरन्तर त्रैमासिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको जनमत अर्द्धसाप्ताहिक, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, हेल्थ याद आयो (मोवाइल हेल्थ एप)ले समन्वय र सहकार्य गरेको फाउण्डेसनका अधिकृत विपुल वर्माले जानकारी दिनु भयो ।
गोपाल–नीना फाउण्डेशनका सह–निर्देशक डा. तृप्ती पाल रमणले दिनु भएको जानकारी अनुसार विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरु आयोजना गर्दै आएको गैर नाफामूलक संस्था गोपाल नीना फाउण्डेसनले यसअघि असोज १२ गते पनि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो भने राष्ट्रिय बाल दिवसको अवसरमा स्थानीय नीलसागर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर, बालबालिकालाई मसलन्द वितरण तथा आश्रितहरुका लागि दिवा भोजन उपलब्ध गराएको थियो । गत महिना नेपालगन्ज एकीकृत भन्सार कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो ।