एसओएस आश्रित विद्यार्थीलाई नेतृत्व विकास तालिम
बाँसगढी (बर्दिया) : एसओएस युवालय नेपालगन्जले बर्दियाको बाँसगढीका विद्यार्थीलाई नेतृत्व विकास तालिम दिएको छ ।
एसओएस आश्रित छात्रछात्रालाई बिहीबार एक दिने नेतृत्व विकास तालिम दिएको हो ।
तालिमको शुभारम्भ गर्दै एसओएस युवालय नेपालगन्जका निर्देशक तुलाराम विश्वासले विद्यार्थीको बौद्धिक विकास र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीकोे क्षमता अभिवृद्धिका लागि तालिम दिएको बताए । उनले भने, विद्यार्थीको शैक्षिक जीवनमा सुधार ल्याउन पाठ्यक्रमको शिक्षामा सहयोग गर्नुको साथै जीवनोपयोगी ज्ञान दिन एसओएसले विभिन्न तालिम दिने गरेको छ । जसले विद्यार्थीको जीवन परिवर्तन गरिदिनसक्छ ।
तालिममा पत्रकार शंकरप्रसाद खनालले नेतृत्व विकासको सैद्धान्तिक र व्यवहारिक अभ्यास गराएर प्रशिक्षण दिएका थिए । सहभागीहरुले समाजका हानिकार अभ्यासबारे नेतृत्व लिने प्रतिबद्धता जनाएका थिए ।
तालिममा बाँसगढी नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत एसओएस आश्रित ८१ जना विद्यार्थीको सहभागिता रहेको एसओएस बाँसगढीका प्रमुख शिव चौधरीले जानकारी दिए ।