आधा किलो सुनसहित २ भारतीय पक्राउ
मानबहादुर ठकुल्ला । टीकापुर
कैलाली प्रहरीले धनगढी उपमहानगरपालिकाबाट आधा किलो अवैध सुनसहित २ जना भारतीय नागरिक पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार बिहान ११ बजे विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका ३ ट्राफिक चौराहबाट भारतको उत्तर प्रदेश मोहला बजार २ पलियाकला खिरी बस्ने वर्ष ४४ को दीपक गुप्ता र वर्ष ३४ को सुमित वर्मालाई पक्राउ गरेको हो ।
गुप्ताले चलाएको भारतीय नम्बर प्लेटको कारलाई शंका लागि चेकजाँच गर्दा गाडीभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाइ(छिपाइ राखेको जम्मा शुद्ध तौल ५४९.२०० ग्राम सुनका काटिएका टुक्रा थान २ सहित नियन्त्रणमा लिइएको हो । उनीहरुबाट ल्याप्टप १ थान, मोबाइल २ थान, नेपाली रुपैयाँ नगद ४४ हजार ८१० रुपैयाँ र भारतीय मुद्रा १ हजार २८० बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए ।