राप्रपा नेता रेउलेको मोटरसाइकलको ठक्करबाट मृत्यु

रमेशकुमार यादव । ढलैया
हुलाकी राजमार्गमा मोटरसाइकलको ठक्करबाट घाइते अवस्थामा उपचार गराइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका राप्तीसोनारी गाउँपालिका ६ का वडा कमिटी अध्यक्ष रामबहादुर रेउलेको बिहीबार बिहान मृत्यु भएको छ । मृतक रेउले राप्तीसोनारी ६ को सरस्वती माध्यमिक विद्यालय पनेरियाका शिक्षक अर्जुनजंग रेउलेका बुवा हुन् ।

कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानका कर्मचारी भरत गिरीले चलाएको सरकारी बा २ ब १६५९ नं. को मोटरसाइकलले गत १२ पुस २०८१ मा राप्तीसोनारी ६ ढलैयामा ठक्कर दिएपछि रेउले घाइते भएका थिए । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल उपचार भइरहेको बेला रेउलेको निधन भएको हो । मोटरसाइकल र चालकलाई अस्थायी ट्राफिक पोष्ट फतेपुर चौकीले नियन्त्रणमा लिएकोे छ ।