गायक दुर्गेश थापाको दमदार इन्ट्री, दर्शकसँगै दीपक र दीपालाई नचाए

नेपालगन्ज : प्रादेशिक महोत्सव २०८१ को पाँचौ दिन सोमबार गायक दुर्गेश थापाले मञ्चमा आफू नाचे र दर्शकलाई पनि खुबै नचाए ।
पश्चिममा सूर्य लालीमय भइसकेको थियो । हास्यकलाकार द्वय दीपक–दीपाले रामविलास र धनियाँ बनेर मनोरञ्जन प्रदान गर्दै थिए । युवायुवती सडक विभाग परिसरमा तिब्र प्रतिक्षामा थिए । दीपक दीपाले नै अबको प्रस्तुती दुर्गेश भाइको हुने भनेर घोषणा गरेका थिए । कार्यक्रमकी उद्घोषक ममता थापाले दर्शकलाई आइ लभ यु दुर्गेश भन्दै मञ्चमा डाकिन ।
कता हिँडेको बैनी हट बनेर।।।पट भएर।।।ब्युटी भएर।।।भन्दै गायक दुर्गेग थापा रातो ज्याकेट, कालो चस्मा र कालो मास्क लगाएर बडो फुर्तिलो साथ स्टेजमा देखिए । पछिल्लो समयको युटयुब टेन्डिङ गीत दुस्मन हेरेको हे¥यैबाट स्टेज उक्लेका दुर्गेश थापाको क्रेजमा चौरमा युवायुवती निकै झुमेका थिए । गीत गाउँदा गाउँदै उनले सुरुमा मास्क र पछि ज्याकेट पनि फुकाले । दर्शकबाट वान्स मोर भनेपछि यही एउटा गीत उनले तीन पल्ट गाएर दर्शकलाई नचाएका थिए । उनले क्षेत्रीको छोरो हिरो छ।।।।,हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा।।।लगाएका गीतहरु पनि उत्तिकै उर्जाका साथ गाएका थिए ।
कार्यक्रममा निर्देशक तथा हास्यव्यङ्ग्य कलाकार दीपाश्री निरौलाले देउडा गीतबाट दीपकसँग दोहोरी खेलेकी थिइन् । छक्कापञ्जामा राजा पात्र बनेर खस भाषामा चर्चित दीपकराजले पनि देउडाबाट दीपालाई जवाफ फर्र्काएका थिए । सोमबार गायिका इब्सल सन्ज्यालले पनि झुम्के गुलाबी…, माथि रानी वन…लगायतका गीत गाउँदै आफू नेपालगन्जकै चेली भएको भन्दै आत्मियता दर्शाएकी थिइन् ।

अर्का गायक अर्जुन सापकोटाले बस्यो अलक्कै…, वनकी चरी…लगायतका गीत गाएका थिए । उनी मञ्चदेखि तल झरेर दर्शकसँग हातमिलाउँदा दर्शक रमाएका थिए ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको छैठौं दिन मंगलबार चर्चित गायिका एलिना चौहान, लोकदोहोरी गायक कमल विसी माल्दाइ, थारु गायक राज कुस्मी र डान्सर रुविना अधिकारीको प्रस्तुती रहने कार्यक्रम रहको छ ।
चौथो दिन पनि एकल नृत्य प्रतियोगिता र विभिन्न जातीय पहिचानका सांस्कृतिक कार्यक्रम भएको थियो । महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार आइतबार पनि जिल्लाका थप सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुती दिएका थिए । महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँके, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह आयोजक नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सहकार्य क्यान महासंघ बाँके शाखासँग भएको छ ।