चोलीको तुना चलायौं तिमीले…भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा

नेपालगन्जको प्रादेशिक महोत्सव २०८१ मा सांगितिक प्रस्तुती दिँदै गायक प्रमोद खरेल । फोटो सौजन्य : दीपक खत्री

नेपालगन्ज : नेपालगन्जमा जारी प्रादेशिक महोत्सवको अन्तिम दिन लोकप्रिय गायक प्रमोद खरेलको प्रस्तुती दमदार भयो ।
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गरेको महोत्सवमा गायक खरेलले….जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी…ले भन्दै स्टेजमा उक्लेपछि हंगामा भो भन्दै हंगामा मचाएका हुन् ।
गायक अर्जुन कौशल र देउडा गायिका निरुता खत्रीको पनि प्रस्तुती रहेको थियो । गायिका मञ्जु पौडेल र पत्रकार तिलक गाउँलेले महोत्समको कार्यक्रम सञ्चालन गरेका थिए ।