प्रादेशिक महोेत्सवमा बुधबारमा इन्ट्री फ्रि !

File Photo

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा जारी प्रादेशिक महोेत्सव २०८१ को बुधबार औपचारिक रुपमा समापन गर्ने भएको छ ।
महोत्सवमा दिन थप गर्नुपर्ने चौतर्फी दवाब आए पनि संघले निर्धारित मिति मंगलबार नै सकिएकाले बुधबार औपचारिक कार्यक्रम गरी समापन गर्ने प्रचार उप–समितिका संयोजक डम्बरबहादुर चन्दले जानकारी दिए । दिउँसो २ बजे सडक डिभिजन परिसरमा समापन समारोह हुनेछ । महोत्सवको समापन समारोहमा पनि संगीतमय हुने जनाइएको छ । महोत्सवको सांस्कृतिक उप–समितिका संयोजक मख्खन बहादुर धामी बुधबार बाल गायक सुप्रिम मल्लको एकल प्रस्तुती हुनेछ । संघले यस अघि नै मल्ललाई डाकेको भए पनि आउन पाएका थिएनन् ।