इन्टर स्कुल डान्सिङ स्टारको उपाधि सगरमाथा स्कुलका चुनारालाई
नेपालगन्ज : इन्टर स्कुल डान्सिङ स्टार २०८१ को उपाधि नेपालगन्जको सगरमाथा बोर्डिङ स्कुलका दिलिप चुनाराले जितेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघकोले प्रादेशिक महोत्सव २०८१ मा आयोजना गरेको एकल नृत्य प्रतियोगितामा ३४ जना प्रतिष्पर्धीलाई उछिन्दै चुनाराले उपाधि जितेका हुन् । विजेता चुनारालाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, प्रतियोगिताको पुरस्कार प्रायोजक नेपाल ज्वैलर्स सकिल अहमद जसगढलगायतले विजेता चुनारालाई नगद ५१ हजार, प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए ।
प्रतियोगितामा नेपालगन्जको युनाइटेड एजुकेशनल एकेडेमीका सुदीप परियार दोस्रो, गोर्खा युनाइटेड पब्लिक हाइस्कुलका धर्ती विष्ट मगर र जेनिथ एकेडेमी खजुराकी प्राप्ति गुरुङ तेस्रो भएका थिए । दोस्रो र तेस्रोले क्रमशः ३१ हजार र २१ हजार नगद पुरुस्कार, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे । फिनालेसम्म पुगेका अन्य ६ जनालाई पनि जनही पाँच पाँच हजार रुपैयाँ, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।