शहिद स्मारक माविमा योग शिक्षा

रमेशकुमार यादव । कम्दी

बाँकेको शहिद स्मारक माध्यमिक विद्यालय कम्दीले विद्यार्थीलाई योग शिक्षा दिएको छ ।

डुडुवा गाउँपालिकाकोे वडा नं. ५ का वडाध्यक्ष झंकबहादुर थापाले सोमबार विद्यालयमा आयुर्वेद स्वास्थ्य जीवनशैली तथा योग शिक्षा कार्यक्रमको उद्घाटन गरेका हुन् । विद्यालयले कक्षा ६देखि १० सम्मका १०५ जना विद्यार्थीलाई ताराप्रसाद खनाल, अन्जन थारु, उर्मिला थारु र रोशन शर्माले योग सिकाएका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका भगिरथी चन्द र प्रधानाध्यापक रामबहादुर ओलीले विद्यार्थीलाई हौसला बढाएका थिए ।