आयोजक न्यु दर्पण नकआउट फुटबलको फाइनलमा प्रवेश
खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा जारी दोस्रो दर्पण कप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक न्यु दर्पण युवा स्पोर्टस क्लव फाइनल प्रवेश गरेको छ ।
ई गाउँस्थित मनकामना माध्यमिक विद्यालयको खेल मैदानमा बिहीवार भएको पहिलो सेमिफाइनलमा न्युु जेनेरेसन एफसीलाई शून्यकाविरुद्ध ६ गोलको फराकिलो अन्तरले पराजित गर्दै आयोजक न्यु दर्पण फाइनलमा प्रवेश गरेको हो ।
न्यु दर्पणका तर्फबाट म्यान अफ द म्याच विपिन थापा मगर र श्याम बयादी गरि २ जनाले ह्याट्रिक गरे ।
प्रतियोगिताको दोश्रो सेमिफाइनल खेल शुक्रबार न्यु डाँफे स्पोर्टस क्लवब डीगाउँ र पशुपति युवा क्लव खजुरा ८ घियाबीच हुने आयोजक न्यु दर्पण युवा स्पोर्टस क्लवका कोषाध्यक्ष देवबहादुर बिसीले जानकारी दिए । दोश्रो सेमिफाइनल अघि शुक्रबार नै मैत्रीपूर्ण लिजेण्ड फुटबल हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो हुनेछ ।
४ समूहको सहभागिता रहेको आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लबका अध्यक्ष प्रकाश केसीले बताए । प्रतियोगितामा प्रथमलाई नगद एकलाख ११ हजार १११ र दोश्रो हुनेलाई ५५ हजार ५५५ रुपियाँ नगद पुरस्कारको ब्यवस्था गरिएको उपाध्यक्ष गोविन्द खत्रीले बताउँछन् । पालिका स्तरमा आयोजना गरिएको फुटबल प्रतियोगिताको सम्भवतः यो सबैभन्दा धेरै धनराशीको प्रतियोगिता होे ।