गैसस महासंघ केन्द्रमा नमस्कार सचिव र रोकाय सदस्य निर्वाचित

नेपालगन्ज : गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय समितिमा बाँकेबाट एक जना पदाधिकारी र एक जना सदस्य निर्वाचित भएका छन् ।
शाह बास नेपालका संस्थापक तथा हाल कार्यकारी निर्देशक नमस्कार शाह केन्द्रीय सचिवमा र वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) बाँकेका अध्यक्ष धर्मलाल रोकाय केन्द्रीय सदस्यमा चयन भएका हुन् । शाह यसअघि महासंघको केन्द्रीय सदस्य थिए ।
महासंघको २६ र २७ फागुनमा काठमाडौंमा सम्पन्न ११औं राष्ट्रिय महाधिवेशन तथा ३०औं वार्षिक साधारणसभाबाट अर्जुन भट्टराईको अध्यक्षमा सर्वसम्मत चयन भएको हो । महासंघको ११औं राष्ट्रिय महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन गरेका थिए ।