जानकी गाउँपालिकाका युवायुवतीलाई पत्रकारिता तालिम

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकाका युवायुवतीलाई पत्रकारिता तालिम दिइएको छ ।
जानकी गाउँपालिकाको आर्थिक सहयोगमा शिलालेख मल्टिमिडिया प्रालि बाँकेले आयोजना गरेको एक हप्ते आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम शनिबार सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, बाँके क्षेत्र नं ३ (ख)का प्रदेशसभा सदस्य बादशाह कुर्मी, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, जानकी गाउँपालिका ५ का वडाध्यक्ष टीकानाथ यादव, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, प्रशिक्षक तथा कियाशील पत्रकार महिला (डब्लुडब्लुजे)बाँकेका अध्यक्ष सवित्री गिरीलगायतले तालिमका प्रशिक्षार्थीलार्ई प्रमाण पत्र प्रदान गरे ।

अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक तथा मेरोखुसी डटकममा सम्पादक शंकरप्रसाद खनाल प्रमुख प्रशिक्षक रहेको तालिमममा गोरखापत्र दैनिकका संवाददाता सावित्री गिरी, रासस संवाददाता राकेश मिश्र र शिलालेख डटकमका सम्पादक कमला हमालले सहजीकरण गरेका थिए ।

तालिममा जानकी गाउँपालिकाको ६ वटै वडाका गरी ४५ बढी युवायुवतीको सहभागिता रहेको थियो ।