पानी ट्यांकरले किचेर बाँकेमा २ विद्यार्थीको मृत्यु
रमेशकुमार यादव । बेतहनी
बाँकेको बेतहनीमा पानी ट्यांकरले किचेर आइतबार दुई जना विद्यार्थीको मृत्यु भएको छ ।
डुडुवा गाउँपालिका-२ बेतहनी चोकमा अपरान्ह साढे ३ बजेतिर भे १ ख १४१७ नम्बरको पानी ट्यान्करले पानी ट्यांकरले किचेर स्थानीय विशालकुमार गोडिया र शिवकुमार गोडियाको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आक्रोसित स्थानीयले ट्यांकरमा आगजनि गरेका थिए । मृतकका बाबु हरिद्वार गोडियाले ट्यांकर चालकले ब्याक गरेर बच्चाहरुलाई किचेर मरेको दाबी गरेका छन् । उनका अनुसार चालकले मदिरा सेवन पनि गरेका थिए । आक्रोसित भीँडले प्रहरी चौकी समेत तोडफोड गरेको थियो ।