पूर्वमन्त्री भण्डारीलालद्वारा ३४ दलित परिवारलाई कुखुरा वितरण

रमेशकुमार यादव । कम्दी
लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री तथा प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले ३४ दलित परिवारलाई कुखुरा वितरण गरेका छन् ।
भेटेरिनरी कार्यालय तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले सोमबार आयोजना गरेको लक्षित वर्ग विशेष आयआर्जन कार्यक्रम अन्तर्गत डुडुवा-५ कम्दीको दलित बस्तीमा ३४ घरपरिवारलाई जनही ६ हप्ते कुखुराको चल्ला ५० वटा, चल्लाको खोर, दाना र औषधि हस्तान्तरण गरेका हुन् । मन्त्री अहिरले किसानलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमबाट मद्दत पुग्ने बताए । कार्यक्रम विज्ञ केन्द्र प्रमुख कमला अधिकारीको अध्यक्षता सम्पन्न भएको थियो ।