नरैनापुरमा आगलागी हुँदा १७ घरगोठ जलेर नष्ट
रमेशकुमार यादव । नरैनापुर
बाँकेको नरैनापुर गाउँपालिकामा आगलागी हुँदा १७ घरगोठ जलेर नष्ट भएका छन् । नरैनापुर-४ जयराम पूर्वा गाउँमा मंगलबार करिब दिउँसो १ः३० आगलागी हुँदा १७ घरगोठ जलेर नष्ट भएको स्थानीय सोहनलाल यादवले जानकारी दिए ।
स्थानीय वासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याएको थियो ।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले पीडितलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय जुमाइ खाँको घरबाट सुरु भएको आगलागी खरको छाना भएको घरगोठ एकापसमा जोडिएको हुनाले धेरै वटा घरमा सल्केको थियोे । हरेक वर्ष गर्मी याममा नरैनापुर गाउँपालिका क्षेत्रमा आगलागी हुुने गरेको छ । आगलागीबाट धेरै घरगोठ नष्ट हुन थालेपछि नरैनापुर गाउँपालिकाले घरको छाना विस्थापित गर्ने अभियान पनि चलाएको छ ।