कैलालीको सत्तीमा श्रीमद् भागवत सप्ताह हुँदै

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका-७ सत्तीको रामजानकी मन्दिरमा आगामी वैशाखको ११ देखि श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । टीकापुर-५ को सामुदायिक पशु चौपाया गौशाला र टीकापुर-७ को रामजानकी मन्दिरले संयुक्त रुपमा आयोजना गर्न लागेको महायज्ञ हुन लागेको हो ।
कर्णाली नदीको तट नजिकै रहेको रामजानकी मन्दिरमा हुन लागेकोले श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको विशिष्ट पुण्य मिल्ने पण्डित हरिकृष्ण उपाध्यायदे दाबी गरेका छन् । भारत र नेपालमा समेत चर्चित कथावाचिका भवानीदेवीबाट कथा वाचन हुने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष महेश रावलले बताए । महायज्ञ मा ब्रतबन्ध ,ग्रह शान्ति ,पित्री उद्घार ,बाल काट्ने (मुन्डन), एक लाख २५ हजार लाखबत्ती , महामृतुञ्जयमन्त्र लगायतको कार्य हुने टीकापुर गौशालाका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले बताए । महायज्ञ आगामी वैशाख ११ गतेदेखि १७ गतेसम्म हुन लागेको हो ।