स्व.पत्रकार रजकप्रति श्रद्धाञ्जली
नेपालगन्ज : राजावादीहरुको आन्दोलनमा ज्यान गुमाएका एभिन्युज टेलिभिजन काठमाडौंका पत्रकार सुरेश रजकप्रति बाँकेका पत्रकारले श्रद्धान्जली अर्पण गरेका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाले शनिबार नेपालगन्जमा आयोजना गरेको श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष लियाकत अली, प्रेस चौतारी नेपाल बाँके शाखा अध्यक्ष कमल डागी, नेपाल प्रेस युनियनका बाँकेका अध्यक्ष प्रियास्मृति ढकाललगायतले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा स्व.पत्रकार रजकको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो ।