गणपूरक संख्या नपुगेर रोकियो शहिद स्मारक माविको व्यवस्थापन समिति गठन
रमेशकुमार यादव । कम्दी
बाँकेको शहिद स्मारक माध्यमिक विद्यालयमा गणपूरक संख्या नपुगेका कारण व्यवस्थापन समिति गठन हुन सकेको छैन ।
डुडुवा गाउँपालिका ५ कम्दीमा रहेको विद्यालयमा व्यवस्थापन समिति गठनका लागि आइतबार भएको भेलामा ३२ प्रतिशत मात्र उपस्थितिका कारण समिति गठन हुन नसकेको हो ।
डुडुवा शिक्षा शाखा प्रमुख सन्जय कर्णको सयोजकतामा आयोजना गरेको अभिभावक भेलाबाट पुरानो समिति विगठन गरि नयाँ समिति चयन गर्ने तयारी थियो । विद्यालयका प्रधानाध्यापक रामबहादुर ओली आगामी २५ चैत्रमा अर्को भेला डाकेर विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको बताउँछन् ।