राजापुरका अर्का युवा पनि ब्राउन सुगरसहित कैलालीमा पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
बर्दियाको राजापुरका अर्का एक जना युवक पनि लागूऔषध ब्राउन सुगरसहित कैलालीमा पक्राउ परेका छन् । यसअघि पनि राजापुरका युवा लागूऔषधसहित कैलालीमा पक्राउ परेका थिए ।
इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नवीन राजा बुढाक्षेत्रीका अनुसार राजापुर १ हिमालीपुरका २३ वर्षका पारस थारु आइतबार दिउँसो साढे ५ बजेतिर टीकापुर नगरपालिका ९ खक्रौलाबाट पक्राउ परेका हुन् । खक्रौलास्थित सडक खण्डमा शंकाष्पद रुपमा हिँँडडुल गरी रहेको बेला शरीर खानतलासी गर्दा निजको साथबाट प्लास्टिक बाहेक एक ग्राम २६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो । उनलाई इप्रकाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।