ठाकुरबाबाका अगुवा महिलालाई उद्घोषण तालिम

भुरिगाउँ (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिकाका सामाजिक अगुवा महिलाका लागि पाँच दिने उद्घोषण तालिम सुरु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बर्दियाले नारी एकता शक्ति केन्द्र ठाकुरबाबाको समन्वयमा सीप विकासका लागि आयोजना गरिएको तालिमको बुधबार लुम्बिनी प्रदेशसभा सदस्य मालती सोडारीले उद्घाटन गरिन् ।

सांसद सोेडारीले महिलाको नेतृत्व विकाससँगै आयआर्जन तथा व्यवसाय प्रबर्द्धनका लागि सञ्चारसीप र वाक्पटुता अनिवार्य रहेको बताइन् । उनले तालिममा सिकेका सीपलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउन सहभागीलाई सुझाव दिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर बिष्टले महिलाहरुलाई आत्मबल बढाउने सीप कलासँगै बजारीकरणको बारेमा पनि जानकारी दिएर दक्ष जनशक्ति उत्पादन गर्न जोड दिए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष एवं प्रशिक्षक शुक्रऋषि चौलागाईले सञ्चार सीप र वाक्कलाले आत्मबल वृद्धिका साथै नेतृत्व विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे । सोही समारोहमा बाटेको धुप बनाउने तीन दिने तालिमको पनि उद्घाटन गरिएको थियो ।
घरेलुु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता चिना मगरको सञ्चालन तथा लेखा प्रमुख जगतराम चौधरीको सभापतित्वमा सम्पन्न तालिम उद्घाटन समारोहमा नारी एकता शक्ति केन्द्रका जग्गादातृ अन्जु भन्डारी, धुप प्रशिक्षक भगवती बस्याल, ठाकुरबाबा नगरपालिका १ का वडा सदस्य सुशीला खड्का लगायतले तालिम सफलताको कामना गरेका थिए ।
सञ्चार, आमसञ्चार, उद्घोषण, उद्घोषक, वाककला, कार्यक्रम सञ्चालनका सैद्धान्तिक र व्यवहारिक अभ्यास गरिने तालिमकोे पहिलो दिन प्रशिक्षक चौलागाईले जानकारी दिए । तालिममा ठाकुरबाबा नगरपालिकामा क्रियाशील २५ जना महिलाको सहभागिता रहेको छ ।