ज्ञानेन्द्र श्रेष्ठ लायन्स गर्भनर निर्वाचित

नेपालगन्ज : लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको लायन्स वर्ष २०२५–२०२६ का लागि गर्भनरमा नेपालगन्जका ज्ञानेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ लायन्स क्लबमा नेपालगन्जबाट गभर्नर हुने चौथो ब्यक्ति हुन् । यसअघि मुकुट ढकाल, मधुसूधन शर्मा र शेमराज शाक्य गर्भनर निर्वाचित भइसकेका छन् ।
दाङको तुलसीपुरमा शनिबार सम्पन्न डिष्ट्रिक ३२५ एनको तेस्रो महाधिवेशनमा ९६.५२ प्रतिशत एस मत पाएर श्रेष्ठ निर्र्वाचित भएको निर्वाचन समितिका संयोजक शेमराज शाक्यले घोषणा गरे । संयोजक शाक्यका अनुसार कूल खसेको ११५ मतमध्ये श्रेष्ठले १११ मत ल्याएका थिए । लायन्सको निर्वाचनमा अर्को प्रतिष्पर्धी नभए पनि निर्वाचित हुन ५० प्रतिशत भन्दा बढी एस मत ल्याउनुपर्छ । उनले ४ वटा नो भोट पाएका छन् ।
त्यसैगरी सुर्खेतका टीकाराम चपाई ११३ मत ल्याएर प्रथम भाइस डिष्ट्रिक गर्भनर र महेन्द्रनगरका डा.नेत्रराज चटौतले ११४ मत पाएर द्वीतिय डिष्ट्रिक भाइस गर्भनर विजयी भए । चपाईले २ र चटौतले १ मत नो भोट पाए ।
नवनिर्वाचित गर्भनर श्रेष्ठ, प्रथम र द्वीतिय डिष्ट्रिक भाइस गर्भनर क्रमशः चपाई र चटौतलाई निर्वाचन समितिका संयोजक शेमराज शाक्यले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

डिष्ट्रिक सचिवमा नरेन्द्र श्रेष्ठ र डिष्ट्रिक कोषाध्यक्षमा भीम सुवेदीलाई गर्भनर श्रेष्ठले मनोनयन गरेका छन् । उनले पाँच वटै एरिया चिफ पनि मनोनित गरे । एरिया नंंं. ४ का सचिव पुष्कर खड्कालाई एरिया चिफमा मनोनित गरेका छन् भने एओजीमा राजेन्द्रप्रसाद रिजाल मनोनित भए ।