नेपालगन्जमा खुल्यो मिराकल स्टोर

नेपालगन्ज : बाँकेको नेपालगन्जमा महिलाका गुणस्तरीय र टेन्डिङका कपडा बिक्री गर्ने मिराकल स्टोर खुलेको छ । नेपालगन्ज बसपार्कबाट कारकाँदो जाने बाइपास रोडको मौरी रेष्टुरेन्टको ठीक पूर्व पट्टि सडक किनारकै घरको पहिल्लो तलामा मिराकल स्टोर खुलेको हो ।


नेपालगन्जका अर्चना ओली, कामना ओली र प्रशान्त गुप्ताको संयुक्त लगानीमा ग्राहकका लागि भिडियो स्टूडियोसहितको महिलाका गुणस्तरीय सामान पाइने स्टोर खुलेको हो । सञ्चालक ओली द्वयका ८४ वर्षीय हजुरबुबा सोबु ओलीले शनिबार रिबन काटेर स्टोरको उद्घाटन गरेका थिए । दिनभर जसो स्टोरमा ग्राहकको घुँइचो लागेको थियो ।

सञ्चालक कामना ओलीका अनुसार टिनएजरदेखि जुनसुकै उमेर समूहका महिलाले लगाउने मिल्ने टेन्डिङका कपडा, जुत्ताचप्पल, एयर रिङ लगायतका गहनाहरु बिक्रीमा राखिएका छन् ।

‘हामी उपभोक्ताको माग अनुसारको अत्यन्तै गुणस्तर भएको कुर्ती, टप, पाइन्ट, ब्रेलेजर पनि तयार नै गरेर दिन्छौं । उपभोक्ताले साइज र डिजाइन दिएमा हामी देशैभरी अनलाइनमार्फत पनि सेवा दिइरहेका छौं’, उनी भन्छिन्, ‘एस्थेटिक वातावरणमा हामी ग्राहकलाई भिडियो बनाउने स्टूडियो समेत प्रयोग गर्न दिन्छौ । कन्टेन क्रियटरले पनि स्टुडियोबाट फाइदा लिनसक्छन् । यस्तो सुविधा नेपालगन्जका लागि नौलो हो ।’

सन् २०१८ देखि अनलाइनमार्फत सेवा शुरु गरेको मिराकल स्टोरले काठमाडौं, पोखरा, झापा, विराटनगर, सुर्खेत, दैलेख, धनगढी, कञ्चनपुर सहित देशैभरी सामान बिक्री गरिरहेको थियो । अनलाइनमा नेपालगन्जका ग्राहकको पनि माग बढ्न थालेपछि उनीहरुलाई सेवा दिन पनि स्टोर खोलेको जनाइएको छ ।