लायन्स अन्तर्राष्ट्रिय निर्देशकको उम्मेदवार लम्सालद्वारा नेपालगन्जबाट प्रचार सुरु
नेपालगन्ज : लायन्स अन्तर्राष्ट्रियको निर्देशक पदका उम्मेदवार राजन लम्सालले नेपालगन्जबाट प्रचार सुरु गरेका छन् । काठमाडौंमा उम्मेदवारी घोषणा गरेका लम्सालले नेपालगन्जबाट चुनावी अभियानको सुरुवात गरेका हुन् । निर्वाचन आगामी २४ जेठमा काठमाडौंमा हुने
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको एरिया नं. ४ का लायन्सकर्मीसँगको सोमबार भेटघाट कार्यक्रममा उम्मेदवार लम्साले आफूलाई मतदान गर्न आग्रह गरे । नेपालगन्ज क्षेत्र डिष्ट्रिक विभाजन हुन अघि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ अन्तर्गत थियो भने लम्साल लायन्स वर्ष २०१०–२०११ का गर्भनर हुन् । उनले त्यतिबेला ६५ वटा नयाँ क्लब स्थापना गरेर विश्व रेकर्ड राखेका थिए । भेटघाटका क्रममा अग्रज लायन्सकर्मीहरुले पूर्वगर्भनर लम्सालसँगका ती दिन स्मरण गर्दै क्लब अध्यक्षहरुलाई मतदान गर्न आग्रह गरे ।
४ पूर्वगर्भनरले मागे लम्सालका लागि भोट
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका नवनिर्वाचित गर्भनर ज्ञानेन्द्र श्रेष्ठ र पूर्व गर्भनर मुकुट ढकाल, डिष्ट्रिक ३२५ बी २ बाट गर्भनर भएका शेमराज शाक्य र मधुसूधन शर्माले उम्मेदवार लम्सालका लागि भोट मागेका थिए । पूर्व गर्भनरहरुले डिष्ट्रिक ३२५ एनका सदस्यहरुले आफ्ना पूर्व गर्भनरलाई एकताबद्ध भइ मतदान गर्ने प्रतिबद्धता जनाउँदै प्रचार अभियानमा पनि साथ दिएका छन् ।