बाँके प्रहरीद्वारा भन्सार छलेका ५ लाखका समान बरामद
नेपालगन्ज : बाँके प्रहरीले भन्सार छलेका झन्डै पाँच लाख रुपैयाँ बराबरका सामानहरु बरामद गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका-१२ महेन्द्र बहुमुखी क्याम्पस नजिकबाट बिहीबार भारतबाट अवैध रुपमा आयात गरिएका स्टिलको थाल ९० वटा, स्टिलको कचौरा २०० वटा, कुकर ५ वटा, चामल १५ प्याकेट, पानी वर्षाती २८० वटा, ३ लाख ८८ हजार रुपैयाँ बराबरको अटो पार्टस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको डीपीओ बाँके नामको इमेलबाट मिडियामा सम्प्रेषित बेनामे विज्ञप्तीमा उल्लेख छ । यी सबै सामानको मूल्य चार लाख ८५ हजार ९५० रुपैया रहेको जिप्रकाले जनाएको छ ।