टीकापुरका किसानलाई सिँचाइका लागि बोरिङ्ग वितरण
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका-७ कृषकहरुलाई सिँचाइका लागि बोरिङ्ग वितरण गरिएको छ ।
वडाको ७५ प्रतिशत अनुदानमा वडाका विभिन्न समुदायका १६ जना कृषकलाई सिँचाइका लागि बोरिङ्ग वितरण गरिएको टीकापुर नगरपालिका वडा न ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने जानकारी दिए । हिउँदे र वर्षा खेती गर्ने कृषकलाई सिँचाई सुविधा नभएका स्थानमा बोरिङ्ग वितरण गरिएको वडाअध्यक्ष न्यौपानेले प्रष्ट पारे ।
वडा नं. ७ को आयोजना टीकापुर नगरपालिका कृषि शाखाको प्राविधिक सहयोगका बोरिङ्ग बितरण गरिएको हो । टीकापुर नगरपालिक वडा न ७ मा चैते धानलाई प्रोहत्सान दिने उद्देश्यका साथ बोरिङ्ग वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।