नेपालगन्ज-दिल्ली उडानको पैरवीमा संघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै
नेपालगन्ज : बहुप्रतिक्षित नेपालगन्ज दिल्ली उडानबारे दवाब दिन नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले सरोकारवाला निकायबीच नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । संघले यसअघि पनि यो उडानबारे छलफल गरेको थियो ।
संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नाट्टा बाँके, नेपालगन्ज होटल व्यवसायी संघ लगायतका संघसंस्थाका प्रतिनिधिहरु बीच बुधबार छलफल भएको थियो । नेपालगन्ज दिल्लीको परीक्षण उडान सफलतापूर्वक सम्पन्न भइसकेको र बुद्ध एयरले नियमित उडानमा चासो दिइरहेको बेला भारतले नेपालगन्जबाट विमान दिल्ली जाने र दिल्लीबाट नेपालगन्ज फर्किने रुट एउटै दिन नमानेका कारण उडान हुन सकिरहेको छैन ।