टीकापुरमा बेतका फर्निचर बनाउने तालिम सम्पन्न
मानबहादुर ठकुल्ला । टीकापुर
सत्ती कर्णाली सामुदायिक वनले सञ्चालन गरेको बेतका फर्निचर बनाउने ४५ दिने तालिम शनिबार सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितराम चौधरीको अध्यक्षता सम्पन्न कार्यक्रममा टीकापुर ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने प्रमुख अतिथि रहेको कार्यक्रममा नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओढ, वनका उपाध्यक्ष मन्जु चौधरी वनका लेखा समिति संयोजक वीरेन्द्र शाह, सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष टोपबहादुर केसी, भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष मनिराम ढुङ्गाना लगायतले प्रशिक्षार्थीहरुलाई सिकेको सीपलाई व्यवहारमा उतार्न व्यवसाय सञ्चालन गरी आत्मनिर्र्भर हुन शुभकामना दिएका थिए । सामुदायिक वनले गत ३ वैशाखदेखि ३३ जनालाई बेतबाँसका फर्निचर बनाउने तालिम दिएको थियो ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिकाभित्रका कार्यालयमा बेत बाँसको फर्निचर प्रयोग गर्ने भने अनुरुप आफ्नो कार्यकक्षमा कार्यान्वयन सुरु गरेका छन् भने टीकापुर ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले पनि आफ्नो कक्षमा बेत बासका फर्निचर प्रयोगमा ल्याएका छन् ।