नेपालगन्जमा सुरु भयो वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करण

नेपालगन्ज : वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करण शनिबारदेखि नेपालगन्जमा सुरु भएको छ । नेपाल पर्यटन वोर्ड र नेपालगन्ज उपमहानगरपालिका आयोजक रहेको मार्टको शनिबार प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले उद्घाटन गरेका हुन् ।

२४, २५ र २६ जेठसम्म सञ्चालन हुने मार्टमा विगतमा जस्तै नेपाली र भारतीय पर्यटन व्यवसायी र टुर अपरटरबीच बीटुबी सेसन, पर्यटनबारे टेक्निकल सेसन, बाँके र बर्दिया निकुञ्जको भ्रमण, कर्णाली नदीमा र्याफ्टिङ, स्टार होटल र क्यासिनो भिजिटका कार्यक्रम रहेका छन् ।  शनिबारदेखि नै नेपालगन्जको त्रिभुवन चोकमा दुई दिने रैथाने परिकारका लागि स्ट्रिट फुडलेन पनि सुरु भएको छ ।