धम्बोजी मावि र युनाइटेडको विजयी सुरुवात
नेपालगन्ज : प्रथम नगर मावि स्तरीय मेयर कप भलिबल प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ धम्बोझी मावि र संस्थागततर्फ युनाइटेड स्कुलले पुरुष र महिला खेलमा विजयी सुरुवात गरेका छन् ।
महिलातर्फको खेलहरुमा धम्बोजी मावि, आदर्श स्कुल, युनाइटेड र जय बागेश्वरी विजयी भएका छन् । बुधबार दिउँसो भएको खेलमा धम्बोजीले पशुपति माविलाई २५-९ र २५-१९ ले आदर्शले, सरस्वतीलाई २५-२ र २५-२ ले युनाइटेडले होप इन्टरनेशनल स्कुललाई २५-१५,२५-१५ ले र जय बागेश्वरीले एन एमएलाई २५-२० र २५-१३ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन।
उदघाटन खेलमा पुरुषतर्फ युनाइटेड स्कुलले सगरमाथालाई १९-२५ र २५-२३ र २५-१६ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। त्यस्तै दोस्रो खेलमा धम्बोजी माविले महेन्द्र माविलाई २५-१६ र २५-१० को सोझो दुई सेटले पराजित गर्न सफल भयो । तेस्रो खेलमा एनएमएले पशुपति मावि राँझालाई २६-२४ र १९-२५ र २५-२२ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रवेश गर्न सफल भयो ।
पूर्वखेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिता आगामी ३० जेठसम्म सन्चालन हुनेछ । प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरी कुल २० वटा टिमको सहभागिता रहेको छ । नक आउट प्रणालीका आधारमा खेलाइने उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापा बताउँछन् ।