त्रिभुवन माविका छात्रालाई प्रोजेक्ट पवित्रा तालिम

कोहलपुर : बाँकेको त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरका छात्राहरुलाई महिनावारी स्वास्थ्यबारे प्रोजेक्ट पवित्रा तालिम दिइएको छ ।
द आर्ट अफ लिभिङ बाँकेले कोहलपुर-१० मा रहेको त्रिभुवन माविसँगको सहकार्यमा महिनावारी स्वास्थ्य, स्वस्थता र खुसी सम्बन्धी तीन दिने प्रोजेक्ट पवित्रा तालिम दिएको हो । यो तालिम बाँके जिल्लामा पहिलो पटक आयोजना गरिएको हो ।
तालिममा द आर्ट अफ लिभिङका स्वयंसेवकहरु सुशीला थारु, मनिषा राना र पूजा अधिकारीले सहजीकरण गरेका थिए ।

आयुर्वेदमा मासिक धर्मबारेको ज्ञान, किशोरी र महिलाहरुले नियमित सन्तुलित आहारको प्रयोग, पत्रु खाना खान नहुने, नियमित ब्यायाम गर्नुपर्ने, महिनावारीका बेला हुने समस्या, समाजमा महिनावारी सम्बन्धी अन्धविश्वास, महिनावारी स्वास्थ्य, स्वस्थता र महिनावारी समस्या समाधानका उपायहरु सिकाइएको सहजकर्ता थारुले जानकारी दिइन् ।

तालिममा योग, ध्यान र प्राणायाम पनि गराइएको थियो । त्रिभुवन माविका निमित्त प्रधानाध्यापक लक्ष्मीकुमारी हमाल (शाही)का अनुुसार तालिममा कक्षा ९ का १९ जना छात्राको सहभागिता रहेको थियो ।