कोहलपुरका बालबालिकालाई इन्ट्यूसन प्रोसेस तालिम
कोहलपुर : बाँकेको कोहलपुरका बालबालिकाले इन्ट्यूसन प्रोसेस अर्थात प्रज्न योगको सिकेका छन् । द आर्ट अफ लिभिङ नेपाल जिल्ला समन्वय समिति बाँकेले ८ वर्षदेखि १८ वर्ष उमेर समूहलाई बालबालिकालाई शुक्रबार र शनिबार गरी दुई दिने इन्ट्यूसन प्रोसेस सिकाएको हो।
द आर्ट अफ लिभिङका योग प्रशिक्षक ऋषि सापकोटाले योग, ध्यान, आध्यात्मिक ज्ञानका साथै इन्ट्यूसन प्रोसेस सीप सिकाउँदै बालबालिकालाई आँखामा कालो पट्टि (ब्लाइन्ड फोल्ड) लगाएर रंग र अक्षर चिन्न, चित्रमा रंग लगाउन सक्ने विधि सिकाएका थिए ।
त्यही क्रममा उनले सहभागीलाई एउटै पातामा रंगीन चित्र र अर्को उही आकारको चित्रको आकृतिमा रंग भर्न लगाए । बालबालिका सबैले आँखामा ब्लाइन्ड फोल्ड लगाएका थिए । आँखा बन्द भए पनि उनीहरु दुरुस्त रंग भरिरहेका थिए ।
तालिममा कोहलपुरका आधा दर्जन बालबालिकाको सहभागिता रहेको थियो ।