अति विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ ले अति विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
वडाका अति विपन्न तथा जेहेन्दार बालबालिका कोही पनि पढाइबाट बन्चित नहोउन् र विद्यालयको खस्कँदो शैक्षिक गुणस्तरमा सुधार ल्याउनमा मद्दत पुगाउने उद्देश्यले ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको टीकापुर ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताए ।
टीकापुर-७ ले कर्णाली माविका १५ जना, जनता रामाविका १० सेती मैयाँ चौधरी माविका १०, राष्ट्रिय माविका १० जना, भानुभक्त आधारभूत विद्यालयका पाँच जना गरि ५० जना बालबालिकाहरुलाई जनही एउटा झोला, कपी एक दर्जन, डटपेन एक पाकेट, पेन्सिल एक डिब्बा र एक वटा ज्यामेट्रि बक्स वितरण गरिएको वडा सदस्य अभिमन्यु थारुले जानकारी दिए । वडाध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य राजकुमार चौधरी, सेती मैयाँ चौधरी माध्यमिक विद्यालयका प्रधानाध्यापक पतिराम चौधरी लगायतले मन्तब्य राखेका थिए ।