आठ बुँदे प्रतिबद्धता ब्यक्त गर्दै नेपालगन्जको सार्वजनिक सुनुवाइ
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइमा आठ बुँदे साझा प्रतिबद्धता ब्यक्त गरिएको छ ।
नेपालगन्ज उमहानगरपालिकाको आयोजनामा बास नेपालको सहजिकरणमा मंगलबार सम्पन्न भएको सार्वजनिक सुुनुवाई कार्यक्रममा उपमहागनरपालिकाले आगामी सार्वजनिक सुनुवाई कार्यक्रमको प्रभावकारिताको लागि बहिरा आपाङ्गगता भएका व्यक्तिहरुको लागि दोभाषेको व्यवस्था गर्ने, रेडियो कृष्णसार जाने बाटो आउने आर्थिक वर्ष २०८२/०८३ मा निर्माण सम्पन्न गर्ने, नेपालगन्ज वडा नं. १० भृकृटीनगर लगायत नगरभरीका सबै नालाको समयमै सरसफाई गरी डुवान मुक्त गर्ने, गणेशमान चोकदेखि औधोगिक क्षेत्र अगाडिको सडक पेटीको सरसफाइ र सौन्दर्यकरण गर्ने, असारे विकासका विषयमा प्राप्त गुनासोलाई न्यूनिकरण गर्नका लागि आगामी आर्थिक वर्षमा श्रावण महिनादेखि नै कार्यान्वयन कार्ययोजना तयार गरी सार्वजनिकरण गर्ने र समयम नै काम सम्पन्न गर्ने, कृषि प्रबद्र्धनात्मक कार्यक्रम अन्तर्गत नगरभित्रका कृषकहरुले ३ वर्षे कृषि योजना सहितको विवरण पेश गरेमा मुनसिवताको आधारमा २५ प्रतिशत कर छुट गर्ने, बालमैत्री स्थानीय शासनको अवधारणा अनुरुप २०८३ सम्म नेपालगन्ज उपमहनगरपालिकालाई बालमैत्री घोषणा गर्ने गरी अभियान सञ्चालन गर्ने, नगरका महत्वपूर्ण स्थानहरुमा सिसी टिभी क्यामरा जडान गरी नागरिक सुरक्षा, सतर्कता र निगरानी बढाउने तथा सडकबत्ती नभएका स्थानमा जडान गर्ने तथा बिग्रिएका सडक बत्ती यथासक्य सुधार गर्ने र प्राविधिक कारणले संचालन हुन नसकेको नेपालगन्ज उपमहनगरपालिकाको लिफ्ट आगामी आवको पहिलो चौमासिकभित्र सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरिएको हो ।
सहभागीहरुले उठान गरको सवालहरुको नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, विभिन्न वडाका वडा अध्यक्षहरु, महाशाखा तथा शाखा प्रमुखहरुले दिएका थिए । सुनुवाइमा बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले स्वागत गरेका थिए भने बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले नागरिक प्रतिबद्धन पत्र र बर्हिगमन अभिमतको नतिजा सार्वजनीकरण गरेका थिए ।
बास नेपालका कार्यक्रम अधिकृत रविन्द्र बोहराले सहजिकरण गरेको कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरेका थिए । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले यस अघि भएका सार्वजनिक सुनुवाईको कार्यक्रममा भएका प्रतिबद्धता कार्यान्वनको अवस्थाको जानकारी गराएका थिए ।