एनआईसी एशिया बैंकद्वारा घातक रोग बिमाको १० लाख रुपैयाँ भुक्तानी

खजुरा : बाँकेको खजुरामा शाखा रहेको एनआईसी एशिया बैंकले घातक रोग बिमा अन्तर्गत पीड़ितलाई दस लाख उपलब्ध गराएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले क्यान्सर रोग पीडित खजुरा ४ की पम्फा तिवारीलाई आइतबार १० लाख रुपैयाँको चेक प्रदान गरेको हो ।
तिवारीले बैंकको खजुरा शाखा कार्यालयमा सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी थिइन् । तिवारीको खातामा उपलब्ध घातक रोग बीमा बापतको रकम बैैंकका लुम्बिनी प्रदेश क्षेत्र नं. ५ का प्रमुख मनोहर ठगुराठीले १० लाख रुपैयाँको चेक आइतबार पीडित स्वयंलाई हस्तान्तरण गरेका थिए ।
बैंकले लागू गरेको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बण्डल सहज खाता योजना अन्तर्गत पीड़ित तिवारीको खातामा उपलब्ध उक्त लाभ आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको लुम्बिनी प्रदेश क्षत्र नं ५ का प्रमुखले जानकारी दिए ।