खजुरामा आर्ट अफ लिभिङको आनन्द उत्सव सुरु
खजुरा : बाँकेको खजुरामा बुधबारदेखि द आर्ट अफ लिभिङको (ह्याप्पिनेस प्रोग्राम) आनन्द उत्सव सुरु भएको छ ।
आर्ट अफ लिभिङ डीसीसी बाँकेले आयोजना गरेको चार दिने आनन्द उत्सवमा प्रशिक्षक कञ्चन घिमिरेले सहजीकरण गरेका छन् । आनन्द उत्सवमा योग, ध्यान, प्राणायाम, सुदर्शन क्रिया, आध्यात्मिक ज्ञान, सेवा र सत्सङ हुनेछ । आनन्द उत्सवमा खजुरा क्षेत्रका एक दर्जन सहभागी छन् ।