अपाङ्ग पुनर्स्थापना केन्द्र परिसरमा लायन्स इनोेभेटिभले लगायो फलफूलका बिरुवा

फत्तेपुर (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको अपाङ्ग पुनर्स्थापना केन्द्रमा लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभ र लियो इनोभेटिभले फलफूलका बिरुवा लगाएका छन् । राप्तीसोनारी गाउँपालिका ६ मा रहेको केन्द्रमा क्लबले आँप, लिची, सितलचिनी, मेवा, अनार, कटहरलगायतका आधा दर्जनभन्दा बढी प्रकारका फलफूलका बिरुवा लगाएको हो ।
क्लबका अध्यक्ष अमृत थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पूर्वअध्यक्ष विष्णु खनालले स्वागत मन्तव्य र अपाङ्ग पुनर्स्थापना केन्द्रका व्यवस्थापक टेकराज जोशीले फलफूलका बिरुवा लगाएर सहयोग गरेको भन्दै लायन्स इनोभेटिभलाई धन्यवाद दिएका थिए । कार्यक्रममा लायन्स इनोभेटिभका पूर्वअध्यक्षहरु उमा थापा मगर, मीना ढकाल, किशोर आचार्य, विष्णु खनाल, निवर्तमान अध्यक्ष शंकरप्रसाद खनाल, लियो काउन्सिल डिष्ट्रिक ३२५ एन अध्यक्ष सिद्धार्थ कार्यस्थ, लियो इनोभेटिभका अध्यक्ष एलिशा बस्नेत, लियो सिटीका निर्वतमान अध्यक्ष सरस्वती थापा मगर, केन्द्रका पदाधिकारी, वडाका जनप्रतिनिधिलगायतले बिरुवा लगाएका थिए ।