दैलेखी समाजको आयोजनामा ६५ जनाद्वारा रक्तदान

नेपालगन्ज : दैलेखी समाज बाँकेले २०औं स्थापना दिवस तथा १९औं वार्षिकोत्सवको अवसरमा सोमबार नेपालगन्जमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । समाजले ग्लोबल ओरियन्स नेपालको सहकार्यमा आयोजित कार्यक्रममा महिला र पुरुष गरी ६५ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष पूर्णदेव गिरीले जानकारी दिए ।
जिल्लामा रगत अभाव भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष गिरीले बताए ।
नेपाल रेडक्रस सोसाइटी बाँकेको प्रादेशिक रक्तसञ्चार केन्द्रको नवनिर्मित भवनमा पहिलो पटक दैलेखी समाज बाँकेले रक्तदान गरेर सेवा शुभारम्भ गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए ।
कार्यक्रममा दैलेखी समाज बाँकेका बरिष्ठ उपाध्यक्ष डिलबहादुर थापा, सचिव गणेशबहादुर खड्का, संस्थापक सदस्य हरिबहादुर बिष्ट, जनप्रतिनिधि ,नेपाल रेडक्रस सोसाइटी बाँकेका प्रतिनिधि ,विभिन्न संघ संस्थाका प्रतिनिधि ,समाजसेवी ,बुद्धिजिवी लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । समाजले सोेमबार बेलुका बागेश्वरी मन्दिरमा महाआरतीमा विरुवा वितरण गर्दैछ ।