महाआरतीका भक्तलाई दैलेखी समाजको ‘बिरुवा प्रसाद’
नेपालगन्ज : दैलेखी समाज बाँकेले २०औं स्थापना दिवस तथा १९औं वार्षिकोत्सवको अवसरमा सोमबार नेपालगन्जमा फलफूलका बिरुवा वितरण गरेको छ ।
समाजका अध्यक्ष पूर्णदेव गिरीका अनुसार शक्तिपीठ बागेश्वरी परिसरमा महाआरती सञ्चालन हुनु अघि साँझ ६ बजेतिर झन्डै पाँच सय वटा फल र फूलका बिरुवा वितरण गरिएको हो । महाआरतीमा फलफूलका बिरुवा बोकेरै भक्तहरु रमाइरहेको देखिन्थे ।
अध्यक्ष गिरी भन्छन्, ‘महाआरतीमा आउने सम्पूर्ण भक्तजनलाई हरित अभियान प्रबद्र्धन गर्नका लागि वृक्ष वितरण गरिएको हो ।’ महाआरतीमा बिरुवा लिनेहरु कानेखुसी गरिरहेका थिए, ‘घुँइचो धेरै भएकाले प्रसाद पाइएन । बिरुवा प्रसाद पाएर खुसी छौं ।’