सुदूरपश्चिम खप्तड गोल्डकपका संस्थापक हमालको निधन

मानबहादुर ठकुल्ला । टीकापुर
अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपका संस्थापक ४८ वर्षीय सुरेश हमालको बुधबार भारतमा निधन भएको छ । कैलालीको भजनी नगरपालिका वडा न ५ निवासी हमाल सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका अध्यक्ष पनि थिए ।
दुवै मृगौलाले काम गर्न छोडेपछि प्रत्यारोपणको तयारी भइरहेको बेला भारतमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
हमालले ‘खप्तड गोल्डकप’ को अवधारणा ल्याए र त्यसलाई छैटौं संस्करणसम्म सफलतापूर्वक आयोजना गर्न सफल भएका थिए । सुदूरपश्चिम स्पोट्स क्लबमार्फत खेलाडीहरुलाई अवसर मात्र दिएनन् । उनले वर्षैभरी खेलाडीलाई आफ्नै घरमा राखेर खाने, बस्ने र व्यवसायिक तालिमको व्यवस्था मिलाउने गर्थे ।
कलेजमा पढ्न धनगढी गएपछि उनले त्यहीँबाट सुदूरपश्चिमको खेलकुदलाई आफ्नै कर्मक्षेत्र बनाए । हमालका एक छोरा र एक छोरी छन् ।