नेपालगन्जका ४ पत्रकारलाई अवधी सञ्चार भुषण सम्मान

नेपालगन्ज : अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्यालय नेपालगन्जले बाँकेका चार जना पत्रकारलाई अवधी सञ्चार भुषण सम्मान प्रदान गरेको छ ।
५२८औँ गोस्वामी तुल्सीदास जयन्तीका अवसरमा बिहीबार नेपालगन्जमा आयोजित कार्यक्रममा पत्रकारहरु सावित्री गिरी, चन्द्रेश्वर त्रिपाठी, सन्ध्या शर्मा र नन्दलाल साहुलाई अवधी सञ्चार भुषण २०८२ ले सम्मान गरिएको हो ।

प्रतिष्ठानका उपाध्यक्ष शुशीला वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मधेशी आयोगका अध्यक्ष जिवछ शाहले तुल्सीदासको योगदानको कदर गर्दे अवधी सभ्यताको बिषयमा चर्चा गरेका थिए । कार्यक्रममा भारतबाट विशेष अतिथिका रूपमा आमन्त्रित अवधी भाषा प्रबद्र्धक सन्दीप मिश्रा र इन्द्रेशबहादुर भदौरियालाई अवधी भाषा संरक्षणमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा आयोजित बहुभाषिक कवि गोष्ठीमा अवधी, नेपाली, मैथिली लगायत भाषामा साहित्यकारहरूले आ आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए। सांस्कृतिक पक्षमा अवधी भाषी महिलाहरूले सोहर, कजरी गीत, विवाह गीतजस्ता मौलिक अवधी प्रस्तुति दिएर कार्यक्रमको वातावरण झनै भावनात्मक र सांस्कृतिक रुपमा समृद्ध बनाएका थिए।