बरालको दृष्टिविम्ब समालोचना सङ्ग्रहको विमोचनसँगै ४ कृतिबारे परिचर्चा
नेपालगन्ज : भेरी साहित्य समाज केन्द्रीय समिति भाषा तथा समालोचना विभाग नेपालगन्जले एक समालोचना सङ्ग्रहको विमोचन र चार कृतिबारे परिचर्चा गरेको छ ।
समाजले शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा समालोचक मीना बरालको दृष्टिविम्ब समालोचना सङ्ग्रहको विमोचन गरिएको हो । सोही कार्यक्रममा डा. राजकुमार थारूको थारू साहित्य र अन्य समालोचना, लेकप्रसाद प्याकुरेलको सम्यक दर्शन समालोचना कृतिको क्रमशः लेकप्रसाद प्याकुरेल, ईश्वरीप्रसाद रिजाल उल्कापात र डा. पुष्कर रिजालले गरेका थिए भने कवि इन्दिरा गौतमको इन्दु कविता सङ्ग्रहको परिचर्चा समालोचक डा. हरि तिमिल्सिनाले गरेका थिए । यी कृतिहरू बाँकेको साहित्य समालोचनामा ऐतिहासिक रुपमा महत्त्व राख्छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव तथा चर्चित आख्यानकार सनत रेग्मी प्रमुख अतिथि, पत्रकार, लेखक तथा विश्लेषक नरेन्द्रजङ पिटर विशिष्ट अतिथि, अतिथिहरु प्राज्ञ महानन्द ढकाल, समाजका केन्द्रीय अध्यक्ष इन्द्र बस्नेतले समालोचनाका विविध विषयमा चर्चा गरेका थिए । गायक सुन्दर गुरुङ र कविहरू प्रभात सुवेदी, चन्द्रावती अधिकारी, पद्मावती रिजाल, अन्सर नेपालीले गीत, गजल र छन्द कविता वाचन गरेर कार्यक्रममा मनोरञ्जन प्रदान गरेका थिए । भाषा तथा समालोचना विभागका प्रमुख ईश्वरीप्रसाद रिजाल ुउल्कापातले सभापतित्व गरेको कार्यक्रमको सहजीकरण डा.हरि तिमिल्सिनाले गरेका थिए भने गीता अर्यालले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रममा बाँके र बर्दियाका गरी चार दर्जन बढी स्रष्टा र द्रष्टाहरूको उपस्थिति रहेको थियो ।