रसुवा कारागारमा द आर्ट अफ लिभिङको प्रिजन स्मार्ट शिविर
रसुवा : द आर्ट अफ लिभिङ नेपाल काठमाडौंले रसुवा कारागारमा प्रिजन स्मार्ट शिविर आयोजना गरेको छ ।
शिविरका प्रशिक्षक काव्य लम्सालका अनुसार शिविरमा योग, ध्यान, प्राणायाम, सुदर्शन क्रिया र आध्यात्मिक ज्ञान सिकाइन्छ । जसले उनीहरूमा उत्साह उमंग खुसीका साथ आउदा दिनमा समयमा फर्केर सामान्य तरिकाले जीवनलाई अगाडि बढाउन मद्दत पुग्छ ।
कार्यक्रम समापनको अवसरमा सहभागीहरुले आफूमा सकारात्मक सोचको विकास भएको र वर्तमानमा खुसी हुँदै जीवन जिउन सक्ने कला सिकेको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रमका एक सहभागी अनुभव सुनाउँछन्, ‘मैले जीवनमा धेरै महत्वपूर्ण ज्ञान पाएको छु । म निकै खुसी भएको छु । अब जीवनलाई सकारात्मक काममा लागाउने छु ।’
अर्का सहभागी भन्छन्, ‘यो शिविरपछि मन एकदम शान्त भएको छ । मेरो आत्मविश्वास पनि बढेको छ । बाँकी जीवन समाजसेवामा लगाउने छु ।’
कारागारमै आएर प्रिजन स्मार्ट शिविर आयोजना गरेको भन्दै सहभागीहरुले द आर्ट अफ लिभिङ नेपाल र आध्यात्मिक गुरु श्री श्री रविशंकरप्रति हार्दिक कृतज्ञता प्रकट गरेका थिए । शिविरमा ३० जनाको सहभागिता रहेको थियो ।
श्री श्री रविशंकरद्वारा स्थापित द आर्ट अफ लिभिङ फाउण्डेसनले हिंसा मुक्त समाज, रोग मुक्त शरीर र तनावमुक्त मन भन्ने मूल धेयका साथ विश्वका १८० भन्दा बढी देशमा योग, ध्यान, प्राणायाम, सुदर्शन क्रिया, आध्यात्मिक ज्ञान र सेवाका कामहरु गरिरहेको छ ।